५ जेष्ठ २०८१, शनिबार

गरिमा क्यापिटलको साधारण सभा सम्पन्न

प्रकाशित मिति :  12 January, 2024 4:47 pm


काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको पौष २५ गते बुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०८०।०८१ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पारित गरेको छ ।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौं वािर्षक साधारण सभामा आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भि – पिएमएस) तथा निक्षेप सदस्य ९डिपोजटरी पार्टिसिपेन्ट – डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी० सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

कम्पनीले निकट भविष्यमा कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !