जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी
प्रकाशित मिति : 14 January, 2024 1:07 pm
काठमाडाैँ । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् ।
संघको शनिवार काठमाडौँमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा बयलकोटीलाई निर्वाचित गरेको हो । त्यसैगरी महाधिवेशबाट उपाध्यक्षहरूमा रामप्रसाद न्यौपाने, मिनबहादुर तामाङ, सुरेन्द्र राम,हिमलाल पौडेल र कृष्ण पौडेल निर्वाचित भएका छन् ।
पाँचौं राष्ट्रिय महाधिवेशनले संघको महासचिवमा शैलेन्द्र के.सी,सचिवमा विश्वजित राई, सिताराम अधिकारी र रेगबहादुर कार्की, कोषाध्यक्षमा राजन भट्टराई, सहकोषाध्यक्षमा केशव अछामी निर्वाचित भएका छन्। महाअघिवेशनबाट ६ जना कार्यसमिति सदस्य समेत निर्वाचित गरेको छ ।








