२४ बैशाख २०८१, सोमबार

भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक छः नेता सिंह

प्रकाशित मिति :  15 January, 2024 10:51 am


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरू गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले काठमाडौँको मात्रै नभई देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताए । उनले आफू उपत्यकावासी सुलभ तरिकाले सम्पूर्णलाई पानी उपलब्ध गराएको दिन पूरा खुसी हुने बताए । उनले मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभई पुनः वितरण मात्रै गरिएको स्पष्ट पारे ।

काठमाडौँमा भूमिगत पानी तानेर नै मिनिरल पानी भन्दै बोतल, जार र टंकरमा बिक्री वितरण हुने गरे पनि यसको नियमन हुने गरेको छैन । दिनानु दिन पानीको हाहाकार मच्चिन थालेको छ भने तीन सय फिट भन्दा तलसम्म पानी भेटिन छाडिएको छ ।

नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठुलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !