२५ बैशाख २०८१, मंगलबार

‘उपत्यकावासीलाई मेलम्ची खानेपानी वर्षभर उपलब्ध गराउने गरी काम भइरहेको छ’

प्रकाशित मिति :  15 January, 2024 10:57 am


काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी वर्षभर नै सञ्चालन गर्न काम भइरहेको बताएका छन्।सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले काठमाडौँवासीलाई वर्षभर पानी उपलब्ध गराउन दोस्रो चरणको याङ्ग्री लार्केको काम अघि बढाउन मन्त्रालयको विज्ञहरूको सल्लाह लिइ राजनीतिक तहमा सहमति जुटाउन पहल गरेको बताए।

काठमाडौँ उपत्यकाको लागि अन्य स्रोतहरूको व्यवस्था गर्नको लागि वैकल्पिक स्रोतहरू सिस्नेरी, महादेव खोला र ठोस्ने खोलाको अध्ययन भइरहेको उनको भनाइ छ। उनले काठमाडौँ उपत्यकाभित्र स्थानीय स्रोतको पहिचान तथा प्रयोग एवं काठमाडौँ भित्रको ढुंगेधाराहरूबाट प्रयोग नहुँदा खेर गएको पानीको व्यवस्थापन गर्ने विषयमा पनि छलफल र अध्ययन भइरहेको स्पष्ट पारे।

मन्त्री यादवले प्रत्येक वर्ष मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै मनसुन अवधिभर बन्द गर्नुपर्ने बाध्यता रहेको पनि बताए।



प्रतिक्रिया दिनुहोस !