६ जेष्ठ २०८१, आइतबार

टर्कीको इस्तानबुलमा आगलागी हुँदा तीन जनाको मृत्यु

प्रकाशित मिति :  16 January, 2024 11:18 am


काठमाडौँ । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एक कम्पनीमा आगलागी हुँदा तीन कामदारको मृत्यु भएको छ। साथै दुई जना घाइते भएका छन्।

शहरको एशियाली छेउमा रहेको सुल्तानबेली जिल्लामा निजी कम्पनीका कामदारहरू बसेको कन्टेनरमा आगलागी भएको कार्यालयले जनाएको छ।

घाइते कामदारहरूमा एकको अवस्था गम्भीर रहेको भन्दै अस्पताल लगिएको उल्लेख गरिएको छ। घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ। कामदारहरूले कन्टेनरमा रहेको चुलो बाल्न खोज्दा आगलागी भएको र विस्फोट भएको हो।



प्रतिक्रिया दिनुहोस !