८ जेष्ठ २०८१, मंगलबार

देश विकास गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः सुवाल

प्रकाशित मिति :  16 January, 2024 4:06 pm


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकास गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने बताएका छन् ।

२६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरूको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए ।

उनले अघिल्लो सरकारहरूले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए । राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए । जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिए ।

उनले नेपालका प्रधानमन्त्रीहरूसँग देश विकासको खाका नरहेको जिकिर गर्नुभयो । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई नर्क बनाएको उनको आरोप छ ।

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । उनले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्ष दिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए । २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी गरिएको हो । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामूलक शैक्षिक प्रदर्शनी भएको हो ।



प्रतिक्रिया दिनुहोस !