८ जेष्ठ २०८१, मंगलबार

सरकारलाई रास्वपाको प्रश्नः दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालेको हो ?

प्रकाशित मिति :  16 January, 2024 4:38 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

मंगलबार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद तथा नेताहरुले सवारी दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको होरु भन्दै मन्त्री ज्वालासँग प्रश्न गरिन्।

उनले यस वर्षको मंसिर महिनासम्म देशभर साना ठूला गरेर करिब १० हजार सात सय ४५ दुर्घटना भएको प्रहरीको तथ्यांक रहेको बताइन्। उनले यी दुर्घटनामा ९१६ जनाले ज्यान गुमाएका र २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका प्रहरीको तथ्यांक रहेको बताइन्।

नेपाल प्रहरीका अनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु गरेको तथ्यांक आफूले पाएको पनि बताइन्।

ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताए। उनले सरकारले समस्याको समाधान गर्ने गरी काम गरिरहेको बताए। उनले घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने बताए।



प्रतिक्रिया दिनुहोस !