२१ बैशाख २०८१, शुक्रबार

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा नआएकोप्रति राष्ट्रपतिको असन्तुष्टि

प्रकाशित मिति :  16 January, 2024 6:00 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रूपमा सञ्चालनमा नआएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

हाेटल संघ नेपाल (हान) ले मंगलबार काठमाडौँमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा बोल्दै उनले दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा आए बढीभन्दा बढी विदेशी पर्यटकहरू भित्र्याएर मुलुकलाई समृद्ध बनाउने काममा कठिनाइ नहुने बताए।

उनले ती अन्तर्राष्ट्रिय विमानस्थलहरू छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेकोसमेत बताए। होटल क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसमार्फत राष्ट्रको समृद्धिका लागि ध्यान दिन पनि होटल व्यवसायीहरूलाई आग्रह गरे।

उनले नेपालको रैथाने खानालाई सोझै कृषकहरूसँग सहकार्य गरेर पर्यटकहरूको सत्कारमा लगाउनसके त्यसले होटल क्षेत्रको विकासमा थप योगदान दिनसक्ने उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !