२१ बैशाख २०८१, शुक्रबार

पोखरामा सम्पन्न भयो ‘कन्दरा’ को सांगीतिक कार्यक्रम, टिकेटिङ पार्टनर ‘आईएमई पे’

प्रकाशित मिति :  16 January, 2024 6:15 pm


काठमाडौँ । आइएमई पेले पोखरा प्रदर्शनी केन्द्रमा सम्पन्न भएको ‘कन्दरा–लाइभ इन पोखरा’ इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको बताएको छ।

संगीत, ऊर्जा र अविस्मरणीय पलहरूले भरिएको रातमा नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश’ को नारा लिएर आफ्नो सांगीतिक टुरको पहिलो कार्यक्रम पोखरामा शुक्रबार समापन गरेको छ।

पोखरा प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको ब्यान्डको व्यवस्थापन गरिरहेको कम्पनी एल्फा स्क्वायर (एएसक्यु) ले बताएको छ।

कार्यक्रमको सफल समापनमा बोल्दै आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले सबै क्षेत्रका संगीत प्रेमीहरूलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा हर्षित बनेको बताए।

उनले भने, “यस सांगीतिक टुरको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाएको र यो उपलब्धि हाम्रो टिमको समर्पण हो।”



प्रतिक्रिया दिनुहोस !