१७ बैशाख २०८१, सोमबार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

प्रकाशित मिति :  17 January, 2024 9:25 am


काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ ।

वुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बोलाइएको उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले जानकारी दिए।

आज बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने अर्याले बताए ।

बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाका २१ जना सांसदले नै अलपत्र विकास आयोजनाको पैदल यात्रा गर्ने र सरकारलाई ध्यानाकर्षण गराउने तयारी गरिरहेको छ ।

‘बैठकमा पदयात्रामा कुन सांसद कहाँ खटिनेरु कुन अलपत्र आयोजनामा को जाने भन्नबारे आजबो बैठकबाट तय हुने अर्यालले जानकारी दिए । यसअघि सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडकमा पैदल यात्रा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !