६ जेष्ठ २०८१, आइतबार

पाकिस्तानमा ग्यास सिलिण्डर बिस्फोट, २० जना घाइते

प्रकाशित मिति :  17 January, 2024 11:23 am


काठमाडौँ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा ग्यास सिलिण्डर बिस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।

केपीको प्रान्तीय राजधानी शहर पेशावरको रिङ रोड क्षेत्र नजिकै एउटा ग्यास सिलिण्डर पसलमा बिस्फोट भएको प्रहरीले बताएको छ ।

बिष्फोटको कारण भने खुल्न नसकेको बताउँदै प्रहरीले बिस्फोटबारे अनुसन्धान शुरु गरेको बताएको छ । घटनालगत्तै उद्धार र प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !