२१ बैशाख २०८१, शुक्रबार

स्याङ्जा आँधिखोला महोत्सव सम्पन्न, तीन कराेड बढीकाे काराेबार

प्रकाशित मिति :  17 January, 2024 11:51 am


काठमाडौँ । स्याङजा चेम्बर अफ कमर्शले पुस १९ गतेबाट संचालन गरेको दोस्रो स्याङजा आँधीखोला महोत्सव सोमबार सम्पन्न भएको छ ।

१३ दिन सम्म स्याङ्जाको मालेबगरमा संचालन भएको महोत्सवमा ५७ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका र १५३ वटा व्यापारिक स्टलबाट करिब ३ करोड ८० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको आयाेजकले जनाएकाे छ ।

चेम्बर अफ कमर्श स्याङजाका अध्यक्ष लोकनाथ रेग्मीले मुख्य प्रायोजक पुतलीबजार नगरपालिका लगायत जिल्लाका सबै स्थानीय तह, स्थानीय प्रशासन, विभिन्न सहयोगी संस्था एवं दर्शकको महत्वपूर्ण सहयोगले नै महोत्सव भव्य रूपमा सम्पन्न भएको बताउँदै सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

महोत्सवमा भएको रत्यौली प्रतियोगितामा श्रवणटोल विकास संस्था पुतलीबजार नगरपालिका वडा नम्बर १४ प्रथम, श्रृजना आमा समुह दोस्रो र जुग्ले आमा समुहले तेस्रो स्थान हासिल गरि नगदसहित पुरस्कृत भएका छन् । त्यसैगरी माइस्थान टोल विकास संस्था उत्कृष्ट बेहुला बेहुली र उत्कृष्ट नाचबाट पुरस्कृत भयो भने जैसीडाडा आमा समुहको उत्कृष्ट लुठो भई पुरस्कृत भएका छन् ।

बाजा प्रतियोगीतामा उखारी नौमती बाजा प्रथम र अरियाले नौमती बाजा समुह दोस्रो भएका छन् । महोत्सवमा संचालन भएको चेम्वर डान्स आइडलमा कन्चन शारुमगर प्रथम, सोफिया गुरुङ दोस्रो र दिप्सा गुरुङ तेस्रो भई नगद सहित पुरस्कृत भएका छन् ।



प्रतिक्रिया दिनुहोस !