२१ बैशाख २०८१, शुक्रबार

एनआरएनद्धारा ७० लाखको ‘मोबाइल ब्लड बैंक बस’ काेशी प्रदेशलाई हस्तान्तरण

प्रकाशित मिति :  17 January, 2024 3:38 pm


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण गरेको छ । धरानमा आज (बुधबार) एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्धारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरिएको हो ।

७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बैंक बस संघका अध्यक्ष डा.बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गरेका हुन् ।

ब्लड बस हस्तान्तरणमा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरूलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी प्रदेशमा लगानीका प्रस्तत सम्भवना रहेको बताउँदै समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरूसँग मिलेर काम गर्न प्रस्ताव गरे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा लगानीको लागि गैरआवासीय नेपालीहरू सक्रिय रहेको बताए । विदेशीहरूको लगानीभन्दा गैरआवासीय नेपालीहरूको लगानी दिगो हुने अध्यक्ष डा. केसीको भनाइ थियो । उनले कोशी प्रदेशको समृद्धिको लागि संघले पूर्वाधार लगायतका क्षेत्रमा गैरआवासीय नेपाली संघ सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा संघका उपाध्यक्ष डा। हेमराज शर्माले स्थापनाकालदेखि संघले १ अर्ब भन्दा बढीको परोपकारी कामको गरेको जनाकारी दिए । संघले हस्तान्तरण गरेको बसले सडक दुर्घटनामा परेका नेपालीहरूको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने बताए ।



प्रतिक्रिया दिनुहोस !