२१ बैशाख २०८१, शुक्रबार

नेप्से १२ अंकले घट्दा पौने १० अर्बको कारोबार

प्रकाशित मिति :  17 January, 2024 3:41 pm


काठमाडौं । केही दिनदेखि बढिरहेको सेयरबजार आज भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १२.१० अंकले बढेर २१६३.०६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार हिमालयन रि इन्स्योरेन्स कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

आजको दिन ग्लोबल आइएमआई लघुवित्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन इष्टर्न हाइड्रोपावर लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !