२४ बैशाख २०८१, सोमबार

सहकारी विभागमा रवि लामिछानेविरूद्ध नेविसंघको प्रदर्शन

प्रकाशित मिति :  18 January, 2024 4:23 pm


काठमाडौँ । नेपाल विद्यार्थी संघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्न माग गरेको छ। नेविसंघले बिहीबार सहकारी विभागमा ज्ञापनपत्र बुझाउँदै लामिछानेलाई कारबाही गर्नुपर्ने माग गरेको हो। लामिछानेले विभिन्न सहकारीबाट करोडौँ रुपैयाँ ठगी गरेको नेविसंघको आरोप छ।

लामिछानेले ‘सुप्रिम सहकारीका बचतकर्ताको १ करोड, पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड, साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख रुपैयाँ गोर्खा मिडियाको खातामा ट्रान्सफर भएको’ समाचार सार्वजनिक भएको भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न नेविसंघको माग छ।

नेविसंघले ठग दलाल सांसद रवि लामिछाने राजिनाम गर राजिनाम गर, देशमा अर्थतन्त्र मन्दा छ सांसदकाे सहकारी ठगाीकाे धन्दा छ, सहकारी घाेटाला पीडितलाई न्याय गर लगायतका नारासहित प्रर्दशनी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !