५ जेष्ठ २०८१, शनिबार

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

प्रकाशित मिति :  18 January, 2024 6:22 pm


काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ। 

बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता साहारा एकेडेमी पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सो फुटवल एकेडमीलाई २ लाख ४४ हजार ८ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

बैंकका सञ्चालक समिति सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशव राज वराल लाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन्। 

सिग्देलले साहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साहारा क्लबका अध्यक्ष वरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताउनु भयो बताए।

कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष हरि राम गुरुङ र पूर्व अध्यक्ष विक्रम थकाली लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । साहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । बैंकले ‘निरन्तर सहयात्रा’ नारा लिएर सेवा गरिरहेकाे छ।



प्रतिक्रिया दिनुहोस !