५ जेष्ठ २०८१, शनिबार

तीन प्रदेशका उच्च पहाड र हिमपात, तराईमा हुस्सु

प्रकाशित मिति :  19 January, 2024 9:04 am


काठमाडौँ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा तराईका अधिकांश स्थानहरूमा हुस्सु कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ।

हुस्सुको असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !