६ जेष्ठ २०८१, आइतबार

पाकिस्तानद्धारा इरानमा आक्रमण सुरू

प्रकाशित मिति :  19 January, 2024 10:56 am


काठमाडौँ । पाकिस्तानले बिहीबार इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा आतङ्कवादी लुकेका ठाउँहरूविरुद्ध आक्रमण सुरू गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले बिहीबारबाट आफूहरूले पनि इरानको आतङ्कवादीहरू लुकेको ठाउँलाई निशाना बनाएर आक्रमण सुरू गरेको बताएको हो ।

पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पाकिस्तानले इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकाउने ठाउँलाई निशाना बनाई आक्रमण सुरु गरेको बताए । इरानको विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित एक विज्ञप्तिअनुसार दुई पक्षले पाकिस्तानमा जैश अल–जुल्म समूहविरुद्ध इरानको आतङ्कवादविरोधी कारबाहीका बारेमा मङ्गलवार छलफल गरेका थिए ।

पाकिस्तानले बुधवार इरानले पाकिस्तानको हवाई क्षेत्र उल्लङ्घन गरेको आरोप लगाउँदै इरानी कारबाहीपछि दुई पाकिस्तानी बालबालिकाको हत्या गरेको र इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !