२४ बैशाख २०८१, सोमबार

जिल्ला सम्मेलनलाई सम्बोधन गर्न देउवासहित ९ शिर्ष नेता स्याङ्जा आउने

प्रकाशित मिति :  19 January, 2024 11:37 am


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासहित ९ शिर्ष नेता स्याङ्जा आउने भएका छन् ।

नेपाली कांग्रेस स्याङजाद्धारा माघ १० गते आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवा सहित उपसभापति एवम् नेपाल सरकारका उपप्रधानमन्त्री पुर्ण बहादुर खड्का, नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ,महामन्त्रीहरू गगन कुमार थापा र बिश्वप्रकाश शर्मा, सह-महामन्त्री जीवन परियार, नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रिय सदस्य डा.शेखर कोइराला लगायतको उपस्थिति रहने नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालले जानकारी दिए ।

नेपाली कांग्रेस स्याङ्जाले माघ २ गते बसेको पदाधिकारी बैठकमा जिल्ला सम्मेलनको मिति तय गरेको हो । यस्तै माघ ३ गते बसेको पुर्ण बैठकले विभिन्न उप समितीहरू गठन गरेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।

जिल्ला सदरमुकाम स्थित सिटी हलमा सम्पन्न हुने सम्मेलनका लागि विभिन्न ८ वटा उपसमितिहरू समेत बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !