२० बैशाख २०८१, बिहिबार

२९ सहसचिवको सरुवा, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा दुर्गालक्ष्मी श्रेष्ठ र कृषिमा नम्रता सिंह

प्रकाशित मिति :  19 January, 2024 4:57 pm


काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ ।

विभिन्न सेवाका २९ जना सहसचिवको सुरुवा भएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् ।

पछिल्लो समय विवादमा परेका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएका छन् भने उनको ठाउँमा राष्ट्रिय योजना ओगमा रहेका सहसचिव प्रदीप परियार प्रमुख प्रशासकीय अधिकृतको रुपमा कागठमाडौँ महानगरपालिकामा सरुवा भएका छन् ।

लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको सचिवमा सहसचिव नम्रता सिंहको सरुवा भएको छ भने लुम्बिनी प्रदेशकै स्वास्थ्य मन्त्रालयमा सहसचिव दुर्गालक्ष्मी श्रेष्ठको सरुवा भएको छ ।



प्रतिक्रिया दिनुहोस !