४ जेष्ठ २०८१, शुक्रबार

वर्ल्ड इकोनोमिक फोरममा निर्वाण चौधरी सहभागी

प्रकाशित मिति :  19 January, 2024 5:57 pm


काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल र नेपालजस्ता कम विकसित मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेकाले यसतर्फ पहिलो विश्वको गम्भिर ध्यानाकर्षण हुनुपर्ने बताएका छन् ।

स्विट्जरल्याण्डको दाभोसमा सम्पन्न वल्र्ड इकोनोमिक फोरममा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरीले जलवायु परिवर्तनको नकारात्मक असर प्रतिदिन चुनौती बनिरहेको पृष्ठभुमिमा विश्वका मुलुकहरूले हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।

“जलवायु परिवर्तनको प्रभाव हामीले दिनहुँ भोगिरहेका छौँ । काठमाडौँमा हुर्किएको मैले केहि वर्ष पहिलेसम्म उपत्यकाको उत्तरी भागमा वर्षैभरि सेताम्मे हिउँको दृष्यावलोकन गर्न पाउँथे । तर, अहिले जब म उत्तरतर्फ फर्किर हेर्छु मेरा आँखा विझाउन थालेका छन् । मैले बाल्यकालमा देख्न पाएको हिउँ कम हुदै गएको छ । यसले मलाईं वेचैन बनाउँछ र भावी पुस्ताको भविष्य संझिएर चिन्तामा पार्ने गरेको छ,” उनले भने, “नेपाल जलवायु प्रभावको नराम्रो असरबाट गुज्रिन थालेको छ । हाम्रा हिमनदीको प्रवाह कम हुन थालेको छ । हिमाली क्षेत्रमा अत्यन्तै चिसो र तराई क्षेत्रमा अत्यन्तै गर्मीको असर भोग्न थालेका छौँ । भविष्यमा कृषी, जलविद्युत लागि आवस्यक जलप्रवाहको कमी हुने मात्रै होइन नयाँ पुस्ताले पिउने पानीको समेत समस्या भोग्नुपर्ला भन्ने चिन्ता बढेको छ ।”

जलवायु परिवर्तनको असरलाई न्युन गर्न विकसित मुलुकहरूको भूमिका अग्रणी रहने भएकाले साझा एजेण्डाका साथ सहकार्य गर्न पनि उनले सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !