२० बैशाख २०८१, बिहिबार

कतारले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ: मन्त्री आचार्य

प्रकाशित मिति :  19 January, 2024 6:30 pm


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मित्र राष्ट्र कतारसँग नेपालको गहिरो सम्बन्ध रहेको बताएका छन् ।

रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरुका कारण पनि दुई मुलुकबिचको सम्बन्धमा समुदायस्तरमै प्रगाढ रहेको मन्त्री आचार्यको भनाई थियो ।

शुक्रबार काठमाडौँको महाराजगञ्जमा निर्माण गरिएको अल–हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको उद्घाटन समारोहमा बोल्दै उनले कतार सरकार र त्यहाँको कतार च्यारिटीले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा समेत गरे ।

हालसालै तराईका जिल्लाहरुमा कतार च्यारिटीले वितरण गरेको न्यानो कपडाको प्रसंग उल्लेख गर्दै मन्त्री आचार्यले कतारले नेपालका गरिब जनताको हितमा बलियो साथ दिइरहेको बताए ।

मन्त्री आचार्यले विभिन्न व्यवसायिक तालिम दिने प्रयोजनका लागि निर्माण गरिएको सो भवनले नेपाली युवाहरुलाई सीप सिकेर आत्मनिर्भर बन्नका लागि ठूलो योगदान पु¥याउने विश्वास समेत व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !