२ जेष्ठ २०८१, बुधबार

भारतमा डुंगा पल्टिँदा १२ जनाको मृत्यु

प्रकाशित मिति :  20 January, 2024 4:04 pm


काठमाडौँ । पश्चिम भारतको गुजरात राज्यको एउटा तालमा जोयराइडका लागि गएको डुंगा पल्टिँदा एक निजी विद्यालयका बालबालिका र शिक्षकसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

तालबाट १५ जनालाई उद्धार गरी अस्पताल लगिएको छ । गुजरातको राजधानी गान्धीनगरबाट १२७ किलोमिटर दक्षिणपूर्वमा रहेको बडोदराको हरानी मोतनाथ तालमा डुंगा पल्टिएको हो ।

अधिकारीहरूले खोजलाई तीव्र बनाउन राष्ट्रिय विपद् प्रतिक्रिया बलका कर्मचारीहरूलाई पनि तैनाथ गरेका छन् । विद्यालयले विद्यार्थीका लागि पिकनिकको आयोजना गरेको अधिकारीहरुले बताएका छन् ।

डुंगाले आफ्नो क्षमताभन्दा धेरै मानिसहरू बोकेको र तीनीहरूमध्ये कसैले पनि लाइफ ज्याकेट नलगाएको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस !