४ जेष्ठ २०८१, शुक्रबार

यी तीन प्रदेशमा हिमपातको सम्भावना

प्रकाशित मिति :  21 January, 2024 7:31 am


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार देशको पहाडी भूभागमा आंशिक देखि साधारण बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाको जानकारी अनुसार राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेका छ ।



प्रतिक्रिया दिनुहोस !