४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रकाशित मिति :  21 January, 2024 10:04 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्।

युगान्डाको राजधानी कम्पालामा भएको असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौं शिहर सम्मेलनमा सहभागी भएर उनी आइतबार बिहान स्वदेश फर्किएका हुन्।

सम्मेलनमा भाग लिन बुधवार युगान्डाको राजधानी कम्पला पुगेका प्रधानमन्त्री प्रचण्ड बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गरेका हुन् ।

शुक्रबार र शनिबार भएको ‘नामको’ सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए। सम्मेलनमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

उनले विभिन्न देशका सरकार प्रमुखहरुसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !