६ जेष्ठ २०८१, आइतबार

‘आगामी बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउन प्रस्ताव गरेका छौँ’

प्रकाशित मिति :  21 January, 2024 1:09 pm


काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले आगामी बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउन प्रस्ताव गरेको बताएका छन् ।

वल्र्डमार्ट युनिक सोलुशनद्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको स्थानीय उत्पादन र मौलिक परिकार (चौरासी व्यञ्जन) मेलाको अवलोकन गर्दे मुख्य सचिव अर्यालले यस्तो बताएका हुन् । सरकारको १६ औं योजनाको छलफलको क्रममा राज्यले हस्तक्षेप नै गरेर भएपनि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्ने उनकाे भनाइ थियो ।

अवालोकनका क्रममा मुख्य सचिव अर्यालले सरकारले युवालाई स्वदेशमा बस्न र विदेशिएका युवालाई नेपाल फर्काउने कार्यक्रममा आकर्षित गर्न नसकेको स्वीकार गर्दे मौलिक बजार तथा मौलिक भान्छाघरले सुरू गरेको स्वदेशी उत्पादनको बजारीकरणको कार्यक्रमलाई सरकारले साथ दिनु पर्ने बताए ।

स्वदेशमा बसेर स्थानीय उत्पादन र बजारीकरणका लागि मौलिक बजार तथा भान्छाघरले सुरू गरेको कार्यक्रम निकै सरानिय भएको बताउँदै अर्यालले भने “यस्ता कार्यक्रमले मात्र युवालाई नेपालमा रोक्न सकिने भएकोले सरकारको प्राथमिकतामा पर्नुपर्छ ।”

अवलोकनको क्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० वडा अध्यक्ष तथा बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले युवालाई नेपालमा रोक्न र निश्चित बजेट स्थानीय निकायले अनिवार्य रूपमा कृषि उत्पादनमा लगाउने गरी कार्यक्रम ल्याउन संघीय सरकारले निर्देशन नै दिनुपर्ने बताए ।

मौलिक बजार मौलिक भान्छाघरले अर्गानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग, ७५३ वटै स्थानीय तहहरुमा खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहालय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्न ७ प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालन गरिरहेको छ ।

मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्वन गर्ने मौलिक बजार तथा मौलिक भान्छाले यही माघ १ गते देखी ७ गते सम्म २००० भन्दा बढी आगन्तुक भित्राउने लक्ष्य सहित मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो । कार्यक्रममा माघे संक्रान्ति तथा ७ प्रदेश विशेष परिकार र ८४ व्यञ्जनका साथै सांस्कृतिक कार्यक्रमको साथमा सातै प्रदेशका स्थानिय पालिकाको उत्पादनको स्टल र ४२ व्यञ्जनको बुफेट समेत रहनेछ ।



प्रतिक्रिया दिनुहोस !