६ जेष्ठ २०८१, आइतबार

आजको मौसम : तराईका अधिकांश स्थानहरूमा हुस्सु

प्रकाशित मिति :  22 January, 2024 7:53 am


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।

आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक \दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको जानकारी दिएको छ ।

तराईमा सितलहर र उच्च पहाडि तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !