२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एमाले

प्रकाशित मिति :  23 January, 2024 9:05 am


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै छ।

मंगलबार बिहान ९ बजे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म संकल्प यात्रा गरेको थियो। मध्यपहाडी लोकमार्ग केन्द्रित झन्डै दुई हजार किलोमिटर यात्राका क्रममा आएका गुनासा, सुझावहरूलाई वर्गीकरण गरेर ज्ञापन पत्र बुझाउन लागिएको ज्ञवालीले बताए।

एमालेले माघ मसान्तदेखि नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारविरूद्ध आन्दोलनको तयारी गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !