२१ बैशाख २०८१, शुक्रबार

कांग्रेस नेतृ द्रौपदा शर्मा पोखरेलको निधन

प्रकाशित मिति :  23 January, 2024 10:36 am


काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोख्रेलको १०१ वर्षका उमेरमा निधन भएको छ ।

उनको आज बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो । प्रजातन्त्र सेनानी स्वर्गीय गोवर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनर्स्थापनाका लागि अतुलनीय योगदान रहेको थियो ।

उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् । गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक द्रौपदाको चार छोरा र दुई छोरी छन् ।

उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !