२ जेष्ठ २०८१, बुधबार

चीनमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो, ४७ बेपत्ता

प्रकाशित मिति :  23 January, 2024 11:16 am


काठमाडौँ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा हिजो (सोमवार) पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मंगलवार बिहान जानकारी दिएका छन् ।

झाओटोङ सहरको लिआङ्शान गाउँमा सोमवार बिहान ६ बजे पहिरो खस्दा ४७ जना बेपत्ता भएका छन् । सोमवार राति १० बजेसम्म ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

घटनास्थलमा एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य गरिरहेका छन् । विज्ञ समूहको प्रारम्भिक अनुसन्धानले ढलान माथिको ठाडो भीरको क्षेत्रमा खसेको कारण विपद् भएको बताइएको छ । भत्किएको मास लगभग सय मिटर चौडाइ, ६० मिटर उचाइ र औसत मोटाई ६ मिटर रहेको छ ।



प्रतिक्रिया दिनुहोस !