१ जेष्ठ २०८१, मंगलबार

माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन बोलाउँदै नेकपा एस

प्रकाशित मिति :  23 January, 2024 12:10 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विधान हेरफेर गर्न राष्ट्रिय सम्मेलन बोलाएको छ । पार्टीले यति माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन बोलाएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीको सम्मेलन वैचारिक दृष्टिकोण तथा कार्ययोजना, पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना केन्द्रित रहने खतिवडाको भनाई छ ।

सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने उपमहासचिव खतिवडाले जानकारी दिए ।

पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्ने तयारी रहेको खतिवडाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !