२२ बैशाख २०८१, शनिबार

बढुवा भएका रथी शर्मा र दुई उपरथीलाई दज्र्यानी चिन्ह प्रदान

प्रकाशित मिति :  3 May, 2020 6:29 pm


उपरथीबाट रथीमा बढुवा भएका प्रभुराम शर्मालाई दज्र्यानी चिन्ह प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा । फोटोः नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय

काठमाण्डौं, २१ वैशाख ।

नेपाली सेनाको रथीमा बढुवा भएका प्रभुराम शर्मालगायतलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले आज दज्र्यानी चिन्ह लगाईदिएका छन् ।

बैशाख १४ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीबाट रथीमा बढुवा भएका शर्मा, सहायक रथीबाट उपरथीमा बढुवा भएका आनन्दकुमार अधिकारी र वैशाख १९ गतेकोको मन्त्रीपरिषद्बाट उपरथीमा बढुवा भएका संजय थापालाई प्रधानसेनापति थापाले आज दज्र्यानी चिन्ह लगाईदिएका हुन् ।

पदोन्नती भएका रथी प्रभुराम शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ भने उपराथी आनन्दकुमार अधिकारीलाई उपत्यका पृतनाको पृतनापति र उपरथी संजय थापालई मध्यपश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ ।

रोलक्रम अनुसार रथी शर्मा प्रधानसेनापतिको दाबेदार हुन् ।



प्रतिक्रिया दिनुहोस !