६ जेष्ठ २०८१, आइतबार

राष्ट्रियसभा निर्वाचन छलफलका क्रममा ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस

प्रकाशित मिति :  25 January, 2024 10:38 am


मोरङ । कोसी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता रहेका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि छलफलका लागि विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधवार साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेपछि अस्पताल भर्ना भएका छन् ।

उनी होटलमा खाना खाने बेलामा अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो । त्यहाँ उपचार संम्भव नभएपछि उनलाई विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि अहिले मतदान जारी छ। थारु नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !