६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

प्रकाशित मिति :  25 January, 2024 12:33 pm


काठमाडौँ । सुनचाँदी बजारमा आज बिहिबार सुनको मुल्य ओरालो लागेको छ । सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार वुधबार स्थिर रहेको छापावाला सुनको मूल्य आज बिहिबार तोलामा ४०० रुपैयाँ घटेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको छ । वुधबार तोलाको १३८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार तोलामा २० रुपैयाँ बढेर तोलाको १४०० रुपैयाँमा किनबेच भएको हो ।



प्रतिक्रिया दिनुहोस !