६ जेष्ठ २०८१, आइतबार

मेयर बालेनले राष्ट्रियसभाको चुनावमा भोट नहाल्ने

प्रकाशित मिति :  25 January, 2024 12:58 pm


काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले भोट नहाल्ने भएका छन्।

कार्य व्यस्तताका कारण मेयर बालेन निर्वाचनमा सहभागी नभएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिएका छन्। गत मंसिर ४ मा भएको प्रदेशसभा चुनावमा पनि बालेनले मतदान गरेका थिएनन्। उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन् ।

बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा ४ सिटका लागि मतदान भइरहेको छ। राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेल जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाका ११० जना मध्ये ९९ जनाले मतदान गरिसकेका छन् । त्यस्तै स्थानीय तहका २३७ प्रमुख उपप्रमुखमध्ये २२९ जनाले पनि मतदान गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !