६ जेष्ठ २०८१, आइतबार

कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै

प्रकाशित मिति :  26 January, 2024 8:32 am


काठमाडौँ । नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी रहेको छ ।

आज दिउँसो केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै ६ हजार ७४३ वटै वडामा प्रतिनिधि खटिने उनले बताए। केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा सहभागी हुने यो अभियान मूलतः वडा केन्द्रित रहने कांग्रेसको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !