२३ बैशाख २०८१, आइतबार

विद्युतीय प्रविधिको प्रयोग गरेर योजनाहरूको अनुगमन गर्नुपर्छः मन्त्री शर्मा

प्रकाशित मिति :  28 January, 2024 6:09 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विद्युतीय प्रविधिको प्रयोग गरेर योजनाहरूको अनुगमन र मूल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी छन् ।

आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले विकास निर्माणका योजनाहरूको विद्युतिय प्रविधिको प्रयोग गरेर अनुगमन तथा मुल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी हुन् ।

बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारेको छलफलमा भाग लिदैँ उनले सो विधेयकमा विद्युतीय प्रविधिको प्रयोग गरेर अनुगमन तथा मूल्यांकन गर्ने प्रावधान राखिएको बताइन् ।

उनले अनुगमन तथा मूल्यांकन नगर्ने र प्रतिवेदन पेश नगर्ने आयोजना प्रमुखहरूलाई कानुनी कारबाही गर्ने व्यवस्था गरिएको पनि बताएकी छन् । मन्त्री शर्माले आजसम्म अनुगमन तथा मुल्यांकनको कुनै कानूनी व्यवस्था नभएको भन्दै अब कानूनी व्यवस्था गरेर नै अनुगमन तथा मूल्यांकन गर्ने स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस !