२१ बैशाख २०८१, शुक्रबार

कालोसूचीमा परे २२ वटा कम्पनी

प्रकाशित मिति :  29 January, 2024 8:10 am


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई ३ देखि १ वर्ष अवधिका लागि कालोसूचीमा राखेको हो ।

सार्जवनिक खरिद अनुगमन कार्यालय ताहाचलले एक सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको छ ।

कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । यी हुन कालोसूचीमा परेका कम्पनीहरू ।



प्रतिक्रिया दिनुहोस !