२३ बैशाख २०८१, आइतबार

‘तीन तहको सरकारको विधायकी अधिकारहरू व्यवस्थित गर्न किन अलमल ?’

प्रकाशित मिति :  29 January, 2024 11:07 am


काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तीन तहका सरकारबिचमा रहेका साझा अधिकारका बारेमा छलफल नहुनु दुःखको कुरा भएको बताएकी छन् ।

सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले तीन तहको सरकारको विधायकी अधिकारहरू व्यवस्थित गर्नको लागि किन अझै ढिलो र अलमल भइरहेको हो ? भन्दै प्रश्न समेत गरिन् । उनले तीन तहको सरकारका अनुसूचिहरू फरक फरक रहेको र एकल अधिकारहरू सबैका अनुसूचिमा खुलेको भएपनि काम हुन कठिन भइरहेको बताइन् ।

उनले कार्यविस्तृतिकरण परिमार्जनको प्रक्रिया धेरै अघि बढीसकेको बताउँदै समितिले सो बारेमा पनि ध्यान दिन आवश्यक रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !