२१ बैशाख २०८१, शुक्रबार

दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला फागुन ३ देखि हुने, १५० वटा स्टल रहने

प्रकाशित मिति :  29 January, 2024 1:54 pm


काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिकामा ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’ हुने भएको छ ।

चापाकोट उद्योग वाणिज्य संघ आयोजना र चापाकोट नगरपालिकाको सहयोगमा फागुन ३ देखि १३ गते सम्म चापाकोट खेलमैदान ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’ हुने भएको हो ।

मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरूकाे फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता लगाएतका कार्यक्रम हुने चापाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सव गाउँ–गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरूको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको आयाेजकले जनाएको छ ।

महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरू राखिने आयोजकको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !