१७ बैशाख २०८१, सोमबार

नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरू भइसक्योः मन्त्री साउद

प्रकाशित मिति :  29 January, 2024 3:44 pm


काठमाडौँ । पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरू भइसकेको बताएका छन् ।

सोमवार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षीनरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए ।

उनले प्रशासनिक रूपमा रहेको मेकानिजम पनि क्रियाशील भइ अहिले तथ्यको आधारमा दुवै देशबिच समस्या समाधानका लागि कुटनीतिक पहल चलिरहेको समेत जानकारी दिए ।

मन्त्री साउदले अहिले आर्थिक चुनौति भोगिरहेकाले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई बिस्तार गरी भारत, बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताए । उनले नेपालले १ लाख मेगावाटसम्मको विद्युत उत्पादन गर्नका लागि अध्ययन गरेर अघि बढ्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !