२१ बैशाख २०८१, शुक्रबार

सोमबार नेप्से परिसूचक १० अंकले बढ्यो

प्रकाशित मिति :  29 January, 2024 3:34 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहमा गिरावट आएको छ भने १० ओटा उपसमुह बढेका छन् ।
सोमबार कारोबार रकमको आधारमा हिमालयन रि इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । कम्पनीको ६० करोड १६ लाख ७१ हजार ८ सय ९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन युनियन हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन गरिमा डिबेन्चर –२०८५ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !