१७ बैशाख २०८१, सोमबार

आगामी अधिवेशनमा समितिमा रहेका विधेयकहरू टुङ्गोमा पुर्‍याउन आवश्यक छः मन्त्री शर्मा

प्रकाशित मिति :  29 January, 2024 4:09 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी संसद अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पु¥याउन आवश्यक रहेको बताएकी छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै सञ्चार मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले माघ २२ गते सरकारले हिउँदे अधिवेशन बोलाएकाले समितिमा विचाराधिन रहेको धेरै भन्दा धेरै विधेयक पेश गर्ने तयारी गरिरहेको बताइन् ।

मन्त्री शर्माले उन्नत स्तरको स्वतन्त्र र जनउत्तरदायी सरकारी मिडिया बनाउन रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरी विधेयक आएको बताउँदै सरकारको उद्देश्य सरकारी मिडियालाई जनताको अपेक्षा र सरकारको कामसँग जोड्ने गरी विधेयक ल्याउन लागेको बताएकी छन् ।

मन्त्री शर्माले मुल विधेयक र संशोधन भएको विधेयकमा पनि दफाबार छलफल गरेर समितिले आवश्यक संशोधन गर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !