१७ बैशाख २०८१, सोमबार

कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैनः भुवन केसी

प्रकाशित मिति :  29 January, 2024 4:14 pm


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् ।

सोमवार काठमाडौँमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कलाकारहरूले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी रहेको बताए । उनले मदिरा, चुरोट लगायतका विज्ञापन कलाकारहरुले गर्नु नहुने बताए ।

उनले भने, ‘कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी छ । कुनै मदिरा वा कुनै चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरू कलाकारहरूले गर्नु हुँदैन । गलत म्यासेज फैल्याउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन । समाजमा कहिले काहीँ एकदमै राम्रा सामाजिक कामका विज्ञापनहरू निःशुल्क पनि गरिदिनुपर्छ र गरेका पनि छौँ । त्यस्तोमा कलाकारहरू सजग हुनुपर्छ र विज्ञापन दाताहरूले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सजग हुनुपर्छ ।’

अध्यक्ष केसीले नेपालमा चल्ने कुनैपनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !