१७ बैशाख २०८१, सोमबार

उपभोग्य वस्तुहरूको लेभलिङ स्पष्ट रूपमा हुनुपर्छ : उद्योगमन्त्री

प्रकाशित मिति :  29 January, 2024 4:19 pm


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोग्य वस्तुहरूको लेभलिङ स्पष्ट रूपमा हुनुपर्ने बताएका छन् ।

सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरूसँगको छलफलका क्रममा बोल्दै मन्त्री रिजालले उपभोग्य वस्तुहरुको ब्राण्डिङ र लेभलिङ स्पष्ट रूपमा हुनुपर्ने बताएका हुन् ।

वस्तुहरूको म्याद नाघ्ने मिति ठूल्ठूला अक्षरमा स्पष्ट रूपमा हुनुपर्यो मन्त्री रिजालले भने बजार अनुगमनमा स्थानीय तहको सहभागिता हुने भन्दै सजायको सन्दर्भमा पनि स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सजायको मात्रा तोक्दा राम्रो हुन्थ्यो, साना स्तरका घुम्ती व्यवसायहरु स्थानीय तहले गर्दा गर्न सक्छन् ।

मन्त्री रिजालले उद्योग दर्ता, खाद्य प्रशोधन, बजार अनुगमन र उत्पादित वस्तुहरुको गुणस्तर नियमनको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका बीचमा समन्वय हुन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !