१७ बैशाख २०८१, सोमबार

नेताहरूको उमेर हद नराख्ने नेकपा एकीकृत समाजवादीको निर्णय

प्रकाशित मिति :  29 January, 2024 5:44 pm


काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले पार्टी नेताहरूको उमेर हद नराख्ने निर्णय गरेको छ ।

सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालले यस्तो बताएका हुन् ।
उनले केन्द्रिय कमिटीको संख्या १९९ जनाको हुने र पदाधिकारीहरूको संख्या १९ जना हुने पनि जानकारी दिए ।

केन्द्रिय कमिटी भित्रको संरचना केन्द्रिय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहनेछ ।



प्रतिक्रिया दिनुहोस !