३ जेष्ठ २०८१, बिहिबार

आज सहिद दिवस, सहिदको सम्झानामा विभिन्न कार्यक्रम गरिँदै

प्रकाशित मिति :  30 January, 2024 6:52 am


काठमाडौँ। आज माघ १६ अर्थात् सहिद दिवस । देशभर विभिन्न कार्यक्रम गरेर ज्ञान अज्ञात सहिदलाई सम्झने गरिन्छ। 

इतिहासमा प्रजातन्त्र, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको लागि लड्ने क्रममा ज्यान गुमाएका सहिदहरुको सम्झानामा नेपालमा माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइदै आइएको छ। 

देश र जनताका लागि प्राण आहुति दिनुहुने  सहिदहरूको विशेष सम्झना गरिने दिनका रुपमा २०१२ सालदेखि सहिद दिवस मनाउन थालिएको हो। 

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।

मंगलवार सहिद दिवसका अवसरमा हिले बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने भएकाे छ। 

प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !