४ जेष्ठ २०८१, शुक्रबार

पोखरा १९ वडाध्यक्ष पाण्डे भन्छन्ः बाँदर नियन्त्रणका लागि ठूला रूख काट्नु प्राथमिक उपचार हो

प्रकाशित मिति :  30 January, 2024 4:16 pm


काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले आफूले निकालेको सूचनामा कुनै नराम्रो विषय नरहेको दाबी गरेका छन् ।

अध्यक्ष पाण्डेले साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर अति प्रभावित क्षेत्र घोषणा गर्दै १० दिनभित्र आ–आफ्ना घरवरपरका रूख काट्न सूचना प्रकाशित गरेको विषयमा अहिले विभिन्न टिकाटिप्पणीहरू भइरहेको छन् । आफ्नो निर्णयको सर्वत्र आलोचना भएपछि बाँदरको बारेमा नजानेकाहरूले यसरी टिकाटिप्पणी गरेको उनको भनाइ छ ।

बाँदरको समस्या आफ्नो क्षेत्रमा गम्भीर रूपमा रहेको र पकाएको खानेकुरा समेत खान नपाउने अवस्था सिर्जना भइसकेकाले यो निर्णय लिनु परेको बताए । उनले आफ्नो क्षेत्रका जनताले बाँदर नियन्त्रण गरिदिए आगामी १० वर्षसम्म आफूहरूलाई केही नचाहिने कुरा राखेको बताए ।

उनले गाउँका सबै रूख काट्ने कुरा नगरेको भन्दै ठूला रूख र बाँसका झ्याङहरूको फडानी गर्न आग्रह गरेको बताए । काटिएका रूखका स्थानमा लप्सी, काफल लगायतका बोटबिरुवा र फलफूलहरू लगाउने अभियान आफूहरूको रहेको बताए ।

यता पोखरा महानगरपालिकाका मेयर धनरान आचार्यले भने वडाध्यक्षले निर्णय गरेर रूख काट्ने अभियान चलाउने विषय कानून सम्मत नहुने बताए । उनले रूख काट्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनले एउटा व्यवस्था गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !