२५ बैशाख २०८१, मंगलबार

वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नै छैनः शंकर पोखरेल

प्रकाशित मिति :  30 January, 2024 5:20 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामर्थ्य नरहेको बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका छन् ।

महासचिव पोखरेलले वर्तमान सरकारले लाचारीले मुलुकको राष्ट्रिय हितको विषय ओझेलमा परेको बताए । उनले ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैँले उठान गरेको लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको बताए ।

महासचिव पोखरेलले ओलीले भारतसँग महाकाली सन्धिबारे पुरावलोकन गर्ने विषयलाई २०४९ सालमा संसदमा उठाएको उल्लेख गर्दै त्यसलाई मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा भारतसँग सो विषयमा औपचारिक प्रस्ताव राखेको तथ्य पनि स्मरण गराए ।

महासचिव पोखरेलले ओलीले बोलेका कुरालाई काम उतार्ने नेताको रुपमा आफूलाई बलियोसँग उभ्याएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !