२५ बैशाख २०८१, मंगलबार

मैले निष्ठाका साथ राजनीति गरिरहेको छुः ओली

प्रकाशित मिति :  30 January, 2024 5:56 pm


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुरूदेखि नै निष्ठाका साथ राजनीति गरेको बताएका छन् ।

मंगलवार काठमाडौँमा अयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले आफ्ना अभिव्यक्ति अन्कन्ट्रोल हुने गरेपनि विचार प्रवाहमा भने कहीँ पनि त्रुटी नभएको जिकिर गरे ।

ओलीले लोकतन्त्रलाई नेताहरूले मागी खाने भाँडा बनाउँदा त्यसको टिकाउ नहुने गरेको स्पष्ट पारे । उनले लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने भएकाले राजनीतिकलाई आफूले सोही अनुसार अघि बढाउने काम गरिरहेको बताए ।

ओलीले आफना अभिव्यक्तिमा केही सावधानीको आवश्यकता भएको पनि आफूले पछिल्लो समय महशुस गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !